मधेसखबर
वीरगन्ज,०३ कार्तिक : पर्सा क्षेत्र नम्बर ३ को (ख) का मतदाताले यसपालि जसपाबाट प्रदेशसभा सदस्य उम्मेदवार डाक्टर मधु गुप्ताको नै जित हुने बताएका छन् ।
मंसिर ४ को निर्वाचनका लागि मत माग्न जनताको घर आँगनमा पुग्दा जनताले डा.मधु गुप्तालाई जितको आशीर्वाद दिदै फूलमाला र टिका लगाएर स्वागत गर्ने गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा बिशेषज्ञता हासिल गरेकी डा.गुप्ताले समाजमा सडक नाला भन्दा केहि नयाँ किसिमको विकास गर्न सक्छिन् भन्नेमा आफुहरु बिश्वस्त रहेकोले यसपालिको मत डा.गुप्तालाई नै मत दिन आतुर रहेको उनीहरु बताउछन् ।
पर्सा क्षेत्र नम्बर ३ ( ख ) का मतदाताको घरमा पुग्दा स्थानीयको हर्षपूर्ण सहभगिता पाईरहेकी डा.गुप्ताले पनि जनताबाट पाइरहेको अपार समर्थन र स्वागतले आफनो जित सुनिश्चित हुदै गइरहेको प्रतिक्रिया दिएकी छन् ।