Shere Parsa
राजनीति हेडलाइन

भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले चुनाव जित्ने कुनै आधार छैन : युवा उम्मेदवार सरार्फ

मधेसखबर
वीरगन्ज ,३१ असाेज :पर्सा १ काे (ख) बाट चुनाव जितेर लालबाबु राउत मुख्यमन्त्री बनेपनि पर्सेली जनता भने उनिसँग खासै खुशी देखिदैनन् । मुख्यमन्त्री भएपछि वीरगन्जलाई राजधानी बनाउन नसकेको उनिमाथि ठूलो आरोप छ । अझ भनौं मुख्यमन्त्रीको कुर्सीसँग राजधानी साटेको आरोप पनि उनी माथि लाग्ने गरेकाे छ ।

तत्कालिन जसपा राजपा संयुक्त सरकारको समयदेखि नै तत्कालिन राजपा वर्तमान लोसपाका युवा नेता ओमप्रकाश सर्राफले मुख्यमन्त्रीको कार्यशैलीको चर्को विरोध गर्दै आएका छन् ।

मधेस आन्दोलनमा सकृय रहँदा गिरफ्तार भई प्रहरी हिरासतमा बसेर मुद्दा समेत खेपेका युवा नेता ओमप्रकाश सर्राफ आफू मुख्यमन्त्री राउतको विकल्पको रुपमा उम्मेदवार बनेको बताउछन् ।

वीरगन्ज महानगरपालिका बनाउने अभियानको आन्दोलनको संयोजक, लोडसेडिङ मुक्त सत्याग्रह आन्दोलनका संयोजक, सिर्सिया नदी बचाऊ अभियानको सदस्य भएर पनि सक्रिय रुपमा राजनीतिक र सामाजिक क्रियाकलापमा लागि परेका सर्राफ आफूलाई जनमत पाउनेमा ढुक्क छन् ।

नारायणी अस्पताल सुधार र विकासको लागि लामो समयदेखि सक्रिय भएर नारायणी अस्पताल बिकास सहयोग अभियानका संयोजक समेत बनेका सर्राफ तराई मधेसमा प्रचार प्रसारको अभावमा पछि परेको पर्यटन क्षेत्रको विकासका लागि अभियान शुरु गरे । उनि भिजिट मधेस (तराई टुरिज्म) को राष्ट्रिय संयोजक समेत बने ।

 

वैश्विक रुपमा फैलिएको कोरोनामाहामारीमा राहत बितरण, निशुल्क भोजन अभियान ,निशुल्क एम्बुलेन्स सेवा, प्लाजमा बैंक स्थापनामा मात्रै होईन कोरोनाका कारण बन्द गरिएको नरायणी अस्पतालको जेनरल सेवा सुचारुको लागी दुई महिनासम्म धर्ना दिएर सेवा सुचारु गर्न सर्राफले ठूलो भूमिका खेलेका थिए ।

अक्सिजन कन्सरट्रेसन बैंकको स्थापनाको संयोजक, –दाइजो एवं समाजिक कुरिती विरुद्धको अभियानको सदस्य, हिरो अफ मधेसबाट सम्मानित र अन्य देश बिदेशको दर्जनौं सम्मान, पुरस्कारमा सम्मानित सर्राफले यसपटक विभिन्न भ्रष्टाचारको मुद्दा लागेका मुख्यमन्त्री राउतले जित्ने कुनै आधार नरहेको दावी गर्छन् ।

पद र पैसाको भन्दा व्यावस्था र प्रणाली सही हुनुपर्छ भन्ने वकालत गर्ने युवा नेता सर्राफ युवा नेतृत्व राजनीतिमा नआउने हो भने अझै युवाले अवसरबाट बञ्चित हुनुपर्ने अवस्था रहेको बताउछन् ।

Related posts

उपेन्द्र यादव भन्छन् : सरकारबाट हामीले समर्थन फिर्ता लिएका छैनौ

प्रदीप गिरि काँग्रेसकाे मात्र नभइ सबै पार्टीको साझा नेता थिए : वक्ताहरु

काँग्रेस छाडेका प्रमानन्द साह कानु राप्रपाको उम्मेदवार

Leave a Comment