Shere Parsa
धर्म/संस्कृति

राधेमाइ मन्दिरमा वन मन्त्री यादवले भित्रयाए फूलपाती

मधेसखबर
वीरगन्ज,१६ असोज : बडादशैंको सातौ दिन आज (आइतबार) वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको राधेमाइ मन्दिरमा पनि हर्षबडाइका साथ फूलपाती भित्रयाइएको छ ।

संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले डोला बोकेर टोलको परिक्रममा गरि राधेमाई मन्दिरमा फूलपाती भित्रयाएका हुन् ।वनमन्त्री यादवले प्रत्येक वर्ष राधेमाई मन्दिरमा फूलपाती भित्रयाउने गरेका छन् ।

राधेमाइ मन्दिरमा फूलपाती भित्रयाउने क्रममा स्थानीय समाजसेवी , क्लबका सदस्य , मन्दिर सन्चालक समितिका पदाधिकारी , सदस्यका साथै हजारौं श्रद्धालु भक्तजनहरुको पनि सहभागीता थियो ।

यस्तै वीरगन्जको गहवामाइ मन्दिर , वीर्तामाइ मन्दिरका साथै दुर्गाृभवानीको प्रतिमा स्थापना गरिएका पण्डालहरुमा पनि आज फूलपाती भित्रयाइएको छ । प्रत्येक वर्ष दूर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउन परम्परा रहेको छ ।

Related posts

छठ पर्ब विधीवत शुरु

हिन्दु धर्म विराेधी भन्दै वीरगन्जमा प्रचण्ड विरुद्ध प्रदर्शन र पुत्ला दहन

छठ पर्ब कसरी मनाइन्छ ?

Leave a Comment