Shere Parsa
खेलकुद

ठाेरीकाे दशैं कप नकाउट फुटबल : तमु ब्वाइज र वनशक्ति ए सेमिफाइनलमा

फाेटाे : रेडियो विजयवस्ती

मधेसखबर
वीरगन्ज ,१५ असाेज : तमु ब्वाइज युवा क्लब र आयाेजक वनशक्ती युवा क्लब ए , बडा दशैंकाे अवसरमा पर्साकाे ठोरी गाउँपालिका वडा नम्बर २ मा जारी दशैंकप नकाउट फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएकाे पहिलो क्वाटर फाइनल खेलमा समाज जागरण युवा क्लब ठोरी ३ लाई ५-० फराकिलो गोलान्तरले पराजित गर्दै तमु ब्वाइज युवा क्लब ठाेरी १ सेमिफाइनलमा प्रवेश गरेको हाे। शनिबारकाे जितसंगै तमु ब्वाइज युवा क्लबले सेमिफाइनलमा आयोजक वनशक्ति युवा क्लब बी सँगको भेट पक्का गरेकाे छ। तमु ब्वाइजलाई सेमिफाइनल पुर्‍याउनको लागि बिनोद शाही, अपिल भट्टराई , सतिस थापा मगर,समीर थापामगर र मन्दिप थापाले एक एक गोल गोरेका थिए । उक्त खेलको म्यानअफदी म्याच तमु व्बाइज युवा क्लबका जर्सी नम्बर १० का अपिल भट्टराई घोषित भए।

शनिबार नै भएको अर्काे क्वाटरफाइनल खेलमा आयोजक वनशक्ति युवा क्लब ए ठोरी २ ले सनराइज युवा क्लब ठोरी ३ लाई ३-१ गोलान्तरले पराजित गर्दै सेमिफाइनलमा थ्रीस्टार युवा क्लबसँगको भेट पक्का गरेको छ। वनशक्ति युवा क्लबलाई सेमिफाइनलमा पुर्‍याउनको लागि राज तामाङले २ गोल र जर्सी मन्दिप तामाङले एक गोल गरेका हुन् सनराइज युवा क्लबका लागि संगम लामाले सान्त्वना गोल गरेका हुन् ।उक्त खेलको म्यानअफदी म्याच वनशक्ती युवा क्लबका जर्सी नम्बर १० का राज तामाङ घोषित भए।

दुबै सेमिफाइनलका खेल साेमबार हुने आयोजक समितिका कोषाध्यक्ष विशाल क्षेत्रीले जानकारी दिए।

१६ ओटा क्लबको सहभागिता रहेको प्रतियोगिताकाे फाइनल खेल असोज २१ गते हुनेछ । उपाधिभ बिजेता टिमलाई नगद र ६० हजार,शिल्ड,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ तथा उपबिजेता टिमलाई नगद ३० हजार,शिल्ड,मेडल एवं प्रमाणपत्र प्रदान गरिने पनि क्षेत्रीले जानकारी दिए।

Related posts

विश्वकप फुटबल : मेसीको गोलमा अर्जेन्टिना विजयी

निर्मल समाज युवा क्लब ठोरी फाइनलमा

समुह विजेता बन्दै भारत सेमिफाइनलमा , बंगलादेश ७१ रनले पराजित

Leave a Comment