Shere Parsa
राजनीति हेडलाइन

सिट भागबन्डामा पर्सा बारे कुनै सहमति भएको छैन : काँग्रेस सभापति क्षेत्री

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज,११ असोज : नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले सत्ता गठबन्धन बिच सिट भागबण्डाको विषयलाइ भइरहेको छलफलमा पर्सा जिल्लाका बारे अहिले सम्म कुनै सहमति नबनेको बताएका छन् ।

मङगलबार विभिन्न पत्रपत्रिका र अनलाइन पत्रिकामा पर्साको चार वटा प्रतिनिधीसभा क्षेत्र मध्ये ३ वटा क्षेत्र जसपालाइ र १ वटा मात्र क्षेत्र काँग्रेसलाइ दिने सहमति गठबन्धनमा भइसकेको समाचार प्रकाशीत भएको छ ।
तर काँग्रेस पर्साका सभापति क्षेत्रीले भने अहिले मिडियामा आएका ती समाचारमा कुनै सत्यता नै नभएको दाबी गरे ।
मंगलबार अपरान्ह मधेसखबरसंग कुरा गर्दै क्षेत्रीले भने ,‘ पर्साका बारे जुन समाचारहरु आइरहेको छ त्यो सत्य होइन , गलत समाचार हो , कोहि पनि भ्रममा नपर्नु होला ।
क्षेत्रीले काँग्रेसको गढ रहेको पर्सा जिल्लामा ४ मध्ये ३ वटा क्षेत्र जसपालाइ दिने र काँग्रेसले एउटा मात्र लिने भन्ने कुरा सम्भव नै नभएको पनि बताए ।
उनले भने ,‘ गठबन्धन दलको बैठकमा पर्सा जिल्लाकोे बारे अहिले छलफल नै भएको छैन , जब छलफल नै भएको छैन भने सहमति भयो भन्नु भ्रामक हल्ला मात्रै हो ।

काँग्रेसले पर्सामा कम्तिमा पनि ३ वटा क्षेत्रममा दाबी गरिरहेको भन्दै उनले भने,‘ हाम्रो दाबी ३ वटा क्षेत्रमा हो , यदि त्यो हुनैै सकेन भने कम्तिमा पनि दुइ वटा क्षेत्र त जसरी पनि चाहिन्छ , त्यो भन्दा कम भयो भने काँग्रेसलाइ कदापि मान्य हुदैन ।
त्यसैले अहिले विभिन्न मिडियामा आएका खबरहरु भ्रामक भएकाले त्यसलाइ पढेर हतोत्सााहित नबन्न जिल्लाका नेता कार्यकर्ता र शुचिन्तकहरुलाइ उनले अपिल पनि गरेका छन् ।

Related posts

पर्सामा विधुत चोरी गर्ने १२ जना पक्राउ

वीरगन्जमा राष्ट्रपति विरुद्ध जसपाको प्रदर्शनः सडकमा टायर बालेर नाराबाजी

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिद्वारा अस्वीकार

Leave a Comment