Shere Parsa
मधेस प्रदेश

राष्ट्रपतिको कदम विरुद्ध सिके राउतको पार्टी पनि आन्दोलनमा

मधेसखबर
वीरगन्ज,०५असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मधेस प्रदेशका विभिन्न जिल्लामा सीके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रर्दशन सुरु गरेको छ ।

जनमत पार्टीका नेता कार्यकर्ताले बुधबार मधेस प्रदेशको सप्तरी, सिरहा, रौतहट लगायत जिल्लामा टायर बाल्नुका साथै राष्ट्रपति भण्डारीको पुत्ला दहन र सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका हुन् ।

बुधबार बिहानै सिरहामा जनमत पार्टीका कार्यकताले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको पार्टीका महासचिव चन्दनकुमार सिंहले बताए ।

विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयलाई मधेस केन्द्रित दलले स्वीकार गरेका छैनन् । महासचिव चन्दनले मधेस प्रति सधैं राज्यले हेप्दै आएको गुनासो गरे । उनले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु भनेको मधेसलाई फेरि सडकमा उत्रिन बाध्य बनाउनु रहेको बताएका छन् । ‘हामी नागरिक कहिले हुने ?’, उनले भने, ‘राज्यको दमन अब सहिँदैन । विरोध जारी रहन्छ ।’

 

Related posts

भंगहा नगरपालिकामा कर्फ्यु हट्यो, अवस्था सामान्य

काँग्रेसका जनार्दन सिंह क्षेत्री फराकिलो भारी मतान्तरले विजयी

गौरबाट २०४ किलो गाँजा बरामद

Leave a Comment