Shere Parsa
समाचार

श्राद्वका लागि घर सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाकाे मृत्युु

मधेसखबर
वीरगन्ज ,२८ भदाैं : सर्लाहीको हरिवन नगरपािलका वडा नंबर ८ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

हरिवन नगरपालिका वडा नंबर ८ पूर्व टोलकी ५९ बर्षीया साबित्रा निरौलाको करेन्ट लागेर मृत्यु भएको हो ।

श्राद्वका लागि मङ्गलबार दिउँसाे घर सफा गर्ने क्रममा निरौलालाई करेन्ट लागेकाे थियाे ।

निराैलालाई करेन्ट लाग्नासाथ उपचारका लागि हरिवन स्थित नमूना अस्पतालमा पुर्याउदा चिकित्सकले मृत घोषणा गरेकाे इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक मुकेश ताम्राकारले जानकारी दिए ।

Related posts

नेशनल मेडिकल कलेजमा जुनियर विधार्थीसंग र्‍यागिङ

जलवायु परिवर्तनका कारण नेपालले धेरै किसिमका समस्यासँग जुध्नु परेको छ: मन्त्री यादव

प्रधानन्यायाधीश राणालाई निवासमै नजरबन्द

Leave a Comment