Shere Parsa
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज भन्सार : पहिलो महिनामै राजश्वको लक्ष्य पुरा गर्न असफल

मधेसखबर
वीरगन्ज,०७ भदौं : मुलुकको प्रमुख स्थल नाकामा रहेको वीरगन्ज भन्सार कार्यालय चालु आर्थिक वर्षको पहिलो महिनामा राजश्ज संकलनको लक्ष्य पुरा गर्न असफल भएको छ ।

चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउन मै वीरगन्ज भन्सारले लक्ष्य भन्दा २ अर्ब २१ करोड ८ लाख ३२ हजार रुपैया कम राजश्व संकलन गर्न सकेको हो । वीरगन्ज भन्सारले लक्ष्यको ८५.५ प्रतिशत मात्र राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

भन्सार विभागले साउनमा वीरगन्ज भन्सारलाइ १५ अर्ब २० करोड ७ लाख ५५ हजार रुपैया राजश्व संकलनको लक्ष्य दिएको थियो । तर उसले लक्ष्य भन्दा १४.५ प्रतिशत कम अर्थात १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार रुपैया मात्र राजश्व संकलन गरेको हो ।

साउन महिनामा वीरगन्ज भन्सारले भन्सार महशुल तर्फ लक्ष्यको ६७ प्रतिशत, अन्तशुल्क तर्फ लक्ष्यको ८९ प्रतिशत, मुल्य अभिवृद्धि कर तर्फ लक्ष्यको १ सय १२ प्रतिशत र अग्रिम आयकर तर्फ लक्ष्यको ७८ प्रतिशत मात्र राजश्व असुली गर्न सकेको पौडेलले जानकारी दिए ।

ब्ढि राजश्व असुली हुने मालसामानको पैठारी नै कम भएका कारणले त्यसको प्रत्यक्ष नकरात्मक असर भन्सार राजश्व असुलीमा परेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।

उनले भने ,‘ अहिले बजारमा पैसाको अभाव छ , बजार चलायमाान छैन , त्यो कारण बढि राजश्व उठ्ने मालवस्तुको आयात नै कम भएको छ , मालवस्तुको आयात कम भएपछि राजश्व संकलनमा असर पर्ने नै भयो ।

यसका साथै भन्सारको यार्डमा अहिले १६ सय भन्दा बढि नयाँ गाडी भन्सार जाँचपास हुन नसकेर थन्किएर रहेको उनले बताए । पौडेलले भने ,‘ झण्डै ७ अर्ब रुपैया बराबरको गाडी भन्सारमा थन्किएर बसेका छन् , भन्सार छुटाउनका लागि आयातकर्तासंग पैसा नभएर ती गाडीको जाँचपास हुन सकेको छैन , यसले पनि राजश्व संकलनमा ठूलो असर पारेको हो ।
यसका साथै सरकारले ड्राइ फुड , प्लाष्टिक जन्य खेलौना इतयादि मालवस्तुको आयातमा लगाएको प्रतिबन्धले पनि राजश्व असुली कम भएको पौडडेलले बताए ।

आर्थिक वर्ष २०७२/७३ देखि लगातार राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल हुदै आएको वीरगन्ज भन्सार गत आर्थिक वर्ष २०७८/७९ मा भने वषर्षिक लक्ष्य भन्दा बढि नै राजश्व संकलन गरेको थियो ।

वीरगन्ज भन्सारले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्य भन्दा शुन्य दशमलव ५४ प्रतिशतले बढि अर्थात भन्सार विभागले दिएको लक्ष्य भन्दा १ अर्ब ९ करोड ५३ लाख २२ हजार रुपैया बढि राजश्व संकलन गरेको थियो ।

Related posts

उपेन्द्र यादव भन्छन् : सरकारबाट हामीले समर्थन फिर्ता लिएका छैनौ

नहरमा भ्रष्टाचार गरेकाे भन्दै नारायणी सिंचाइ वीरगन्जका कर्मचारीहरु विरुद्ध मुद्दा दायर

वीरगन्जसंग गद्धारी गर्नेहरुसंग सचेत रहन काँग्रेस उम्मेदवार कुर्मीको आग्रह

Leave a Comment