Shere Parsa
समाचार स्थानिय

वीरगञ्जबाट ठुलो परिमाणमा गाँजा बरामद


मधेसखबर
वीरगञ्ज, साउन २५ गते । सशस्त्र प्रहरीले पर्साबाट १ सय ४३ किलो गाँजा बरामद गरेको छ ।
ड्राइपोर्ट–परवानीपुर सडकखण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका–२४ बहुअरीबाट मंगलबार राति ११ बजे गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको अनुसार वीरगञ्जको बहुअरी चोकमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालबाहक ट्रकबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटरबाट खटेको टोलीले गाँजा बरामद गरेको जनाएको हो ।

सशस्त्र प्रहरीको टोलीले सवारी चालक क्याविनमाथिको हुटमा बाकसमाथि सामान राख्ने खण्ड बनाएर लुकाएर भारततर्फ लैजान लागेको १० प्याकेट अर्थात १४३ किलो गाँजा बरामद भएको सस्शत्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिए ।

Related posts

निजगढमा अटोको ठक्करबाट घाइते महिलाको मृत्यु

मुख्य मन्त्री राउतले आफ्नै निर्वाचन क्षेत्रमा गरे सडकको शिलान्यास

माइस्थान सौन्दर्यकरणको काम तत्काल पूरा गर्न मेयर सिंहकाे निर्देशन

Leave a Comment