Shere Parsa
मधेस प्रदेश समाचार

मौलिक अधिकार माग गर्दै सुकुम्बासी बालबालिका सडकमा


मधेसखबर
वीरगञ्ज,साउन २२ गते । जनकपुरधाममा सुकुम्वासीहरूले आ–आफ्ना बालबालिकालाई सडकमा उतार्दै बालबालिकाको भविष्यप्रति गम्भिर हुन ध्यानाकर्षण गराएका छन् ।

उनीहरु सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्ने लगायत पाँच बुँदे माग राख्दै जनकपुरधाममा विगत १९ दिनदेखी रिले अनसन गर्दै आएका छन् ।

आन्दोलनमा सहभागी सुकुम्बासी मध्येकी पुनम साहले बालबालिकाको भविष्य, शिक्षाको ग्यारेन्टी लगायतका अधिकार प्रति मधेश प्रदेश सरकार गम्भीर नभएको गुनासो गर्दै आफ्ना बालबालिकालाई सडकमा उतार्नुपरेको बताइन् ।

 

Related posts

प्रधानमन्त्रीको आश्वासन पछि मधेस सरकारको आन्दोलन स्थगित

रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु

आयात खुला भएसँगै चीनबाट दसैँमा भित्रियो एक करोडको तास

Leave a Comment