Shere Parsa
राजनीति हेडलाइन

राप्रपा अध्यक्ष लिङदेन भन्छन् : नेपाल धर्म निरपेक्ष राष्ट्र हुनुमा हिन्दुहरु पनि दोषी छन्

मधेसखबर
वीरगन्ज,१६ साउन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाइ श्रीलंकाको जस्तो अवस्थामा पुग्नबाट बचाउन आगामी निर्वाचनमा राप्रपालाइ जिताउन आग्रह गरेका छन् ।

वीरगन्जमा सोमबार राप्रपा पर्साले आयोजना गरेको एक घर एक राष्ट्रिय झण्डा र पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आफुलाइ ठूला भनाउदा दलहरुले संघीयता र गणतन्त्रका नाममा लुटतन्त्र मच्चाइरहेको र उनिहरुको हातमा शासनसत्ता रही रहे नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने निश्चित रहेको बताए ।

उनले भने ,‘ लुटतन्त्र यति धेरै बढेको छ कि हाम्रो देश पनि श्रीलंकाको जस्तै अवस्थामा पुग्न लागेको छ , त्यसैले देशलाइ बचाउने हो भने आगामी निर्वाचनमा राप्रपालाइ जिताउनु पर्छ , शासन सत्ता राप्रपाको हातमा आउनै पर्छ , अर्को कुनै विकल्प नै छैन ।

मुलुक अहिलेको दूरावस्थामा पुग्नुमा ठूला दलका नेता मात्र नभइ अहिलेको शासन व्यवस्था पनि मूल दोषी रहेको उनले बताए ।लिङदेनले भने ,‘ यहि शासन व्यवस्था रहि रहे न त भ्रष्टचारको अन्त्य सम्भव छ न त राजनीतिक स्थितरताको कल्पना गर्न सकिन्छ ।

उनले अहिलेको शासन व्यवस्था नै मूल दोषी रहेको भन्दै यसलाइ परिवर्तन नै गर्नु पर्ने आजको आवश्यकता भएको बताए ।लिङदेनले भने ,‘ यो देशमा पूर्ण समानुपाति निर्वाचन प्रणाली , प्रत्यक्ष निर्वाचित प्रधानमन्नत्री र अभिभावकीय संस्थाको रुपमा राजा रहनु पर्छ , अनि मात्र मुलुक बच्छ र समृद्ध बन्छ ।

उनले संघीयता राखेज हुनु पर्ने धारणा पनि राखे । उनले भने ,‘ स्थानीय र केन्द्र दुइ तहको संरचना मात्र भए पुग्छ , नेताहरुले लुटतन्त्र मच्चाएको र मोजमस्तीको माध्यम बनाएको संघीयता अब यो मुलुकले थेग्न सक्दैन , संघीयता खारेज नै गर्नु पर्छ ।

 

लोकतन्त्र र गणतन्त्रका नाममा लुटतन्त्र मच्चाउने अहिलेकै ठूला दल र तीनका नेताहरुबाट मुलुक बन्छ भनेर आगामी चुनावमा जनताले यीनैलाइ जिताए भने त्यो ठूलो गल्ती हुनेछ भन्ने सन्देश लिएर राप्रपा जनता माझ पुगिरहेको अध्यक्ष लिङदेनले बताए ।त्यसैले आगामी संघ र प्रदेशको निर्वाचनमा अहिले गठबन्धन बनाएर लुटतन्त्र मच्चाएका दलहरुलाइ हराएर सत्ताबाट पाखा लगाउन उनले अपिल गरे ।लिङदेनले भने ,‘ यो मौका जनताले गुमाउनु हुदैन , नत्र यो मुलुक श्रीलंकाकै जस्तो ठूलो दुर्घटनामा जाने निश्चित छ ।

नेपाललाइ हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा काँग्रेस , कम्युनिष्ट मात्र दोक्षी नभइ उनिहरुलाइ मत दिएर संविधानसभामा पुरयाउने हिन्दु मतदाताहरु प्नि दोषी भएको उनले बताए ।त्यसैले नेपाललाइ पुन हिन्दु राष्ट्र बनाउन अबको निर्वाचनमा काँग्रेस कम्युनिष्टलाइ हराएर राप्रपालाइ जिताउनु पर्ने उनको भनाइ थियो ।

राप्रपा पर्साका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमलाइ राप्रपाका सहमहामन्त्री मोहन यादव , मधेस प्रदेश प्रमुख भरत गिरी , राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी संयोजक अन्जना रावल, केन्द्रिय सदस्य अंगद ठाकुर , राप्रपा आन्दोलन परिचालन समितिका अध्यक्ष नगीना यादव लगायतले पनि सम्बोधन गरेका थिए ।

कर्यक्रममा विभिन्न पार्टी परित्याग गरेका करिब पाच सय जना राप्रपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाइ अध्यक्ष लिङदेनले नेपालको राष्ट्रिय झण्डा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

Related posts

पर्सा २ (ख) को प्रदेशसभा सदस्यमा पुन रमेश कुर्मी निर्वाचित

पर्साको लङगडीमा काँग्रेसको चुनावी सम्पर्क कार्यालय स्थापना

पर्सा सहित पन्ध्र जिल्लामा विशेष सुरक्षा सर्तकता अपनाउन गृह मन्त्रालयको निर्देशन

Leave a Comment