Shere Parsa
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालको ओसीएमसीबाट ३९५ जनाले सेवा लिए

मधेसखबर
वीरगन्ज, १२ मंसिर : वीरगन्ज स्थित नारायणी अस्पतालमा स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले स्थापना यता ३ सय ९५ जनालाई सेवा प्रदान गरेको छ ।

२०७८ साल पुसमा नारायणी अस्पतालमा स्थापना भएको केन्द्रले विभिन्न लैंगिक हिंसामा परेका ३ सय ९५ जनालाई सेवा प्रदान गरेको हो ।

जर्बजस्ती करणीमा परेका ९७ जना, शारीरिक हिंसामा परेका २७९ जना, मानसिक दुर्व्यवहारमा परेका ११ जना, अधिकार स्रोतबाट वञ्चित ४ जना, बहुविवाह र रुढीवादी परम्पराका कारण पीडित भएका ४ जनालाई सेवा दिइएको केन्द्रकी इन्चार्ज अहेमा थापाले जानकारी दिइन् ।सेवा लिनेमध्ये ३५ जना पुरुष छन् भने बाँकी सबै ३ सय ६० जना महिला रहेको उनको भनाइ छ ।

त्यस्तै केन्द्रले १९६ जनालाई मनोसामाजिक परामर्श समेत दिएको उनले बताइन् । साभार : अनलाइनखबर

Related posts

भूमि आयोग पर्साको सक्रियतामा कार्य जारी

अन्तरघातको विषयलाइ लिएर पर्साका काँग्रेसीहरु बिच आरोप प्रत्यारोपको दोहोरी

भ्रष्टाचारी मुख्यमन्त्री राउतलाई यसपालि हराउन जरुरी छ : उम्मेदवार सर्राफ

Leave a Comment