Shere Parsa
राजनीति

वीरगन्जका मतदाता भन्छन् : प्रदीपले गरेका काम नै उनको जित्ने आधार हो

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : मंसिर ४ गते हुने प्रदेश एवम् प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिदै गएसँगै उम्मेदवारहरुको चुनावी अभियानमा व्यस्तता बढेको छ ।

सत्ता गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार जनताको घरदैलोमा पुगीरहेका छन् । पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई यतिबेला जनता भेटघाटसँगै विभिन्न चुनावी कार्यक्रमहरुमा पनि पुग्ने चटारोले भ्याईनभ्याई छ ।

सोमवार बिहानैदेखि घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त रहेका यादवले साँझ पनि वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का मतदातासँग भेटघाट गरेका छन् । घरदैलोका क्रममा वडा नम्बर २२ मा पुगेका यादवलाई त्याहाँका स्थानीयले स्वागत गर्दै जितका लागि शुभेच्छासमेत व्यक्त गरेका थिए । जसपा र नेकपा एमालेको गठबन्धनका साझा उम्मेदवार यादवको कसैसँग प्रतिस्पर्धा नै नभएको बताउँदै त्याहाँका मतदाताले यादवको जित सुनिश्चित भएको प्रतिक्रिया दिएका छन् ।

जनताको शुभकामना र आशिर्वाद ग्रहण गर्दै यादवले भने, “तपाईहरुको साथ र समर्थनकै कारण म निरन्तर जनताको सेवामा छु । यस्तै साथ र सहयोग सँधै पाइरहने विश्वास छ । अब मंसिर ४ गते हुने निर्वाचनमा जसपा र एमालेको गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन पनि आग्रह गर्दछु ।”

जसपा र एमालेको गठबन्धनले जिते मात्र देश समृद्ध बन्ने दावी गर्दै यादवले जनताको माझमा रहने र विकास चाहने नेतालाई चुन्न अनुरोध गरेका छन् ।सो अवसरमा यादवको पक्षमा जनताले समर्थन जनाउँदै उनको कामले नै उनलाई जिताउने प्रतिक्रिया दिएका थिए । यसअघि सांसद हुँदै छोटो समयका लागि मन्त्री बन्दासम्म उनले यस क्षेत्रका लागि गरेका काम नै उनले जित्ने बलिया आधार भएको मतदाताको भनाई थियो ।

घरदैलोमा जसपा एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ (क) का उम्मेदवार विचारी यादवसहित जसपा र एमालेका नेता, कार्यकर्ता, समर्थक एवम् शुभचिन्तकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Related posts

फेटामा चुनावी घरदैलोमा पुगेका किसान र सोनललाई मतदाताको समर्थन

दुइ मन्त्री सहित सरकारमा जाने लोसपाको तयारी

मतदातासंग साेनलले भने : कामकाे मुल्यांकन गरेर भाेट दिनु हाेला

Leave a Comment