Shere Parsa
राजनीति

भ्रष्टचारी दल र नेताबाट देशलाई मुक्त पार्न राप्रपालाई जिताउन साहको आग्रह

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा राप्रपाबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार नरेश कुमार साह कानुले सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीमा चुनावी घरदैलो गरेका छन् ।

साहले वडा नम्बर २७ मा घरदैलो गरेर मतदातासंग भेट्दै भ्रष्टचारी दल र नेताहरुबाट देशलाई मुक्त बनाउन राप्रपालाई मत दिन आग्रह गरे । मतदातासंग साक्षात्कार गर्दै साहले लोकतन्त्र र गणतन्त्रका नाममा संघीयता लादेर काँग्रेस , कम्युनिष्ट र मधेसी दलले ब्रम्हलुट मच्चाएकाले उनिहरुबाट देशलाई मुक्त बनाउन राप्रपा जित्नु पर्ने बताए ।

राप्रपाले जिते लगत्तै पहिलो काम हिन्दु राष्ट्रको घोषणा गर्नुका साथै संघीयता खारेज गर्ने उनले मतदाताहरुलाइ बताए । त्यसपछि भ्रष्टचारी नेताहरुलाइ जेलमा पुरयाउने पनि उनले दाबी गरे ।चुनावी घरदैलो कार्यक्रममा राप्रपाका युवा नेता विराज यादवका साथै अन्य नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

Related posts

वीरगन्जमा संविधान दिवस मनाउदै काँग्रेस नेताहरुले भने : संविधानकै कारण जनता अधिकार सम्पन्न भएका छन्

वीरगन्ज जसपाको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना, वनमन्त्री यादवद्वारा उद्घाटन

बारा ४ मा किसान र सोनललाई जिताउन काँग्रेस शीर्ष नेताहरु पनि खुलेर लागे

Leave a Comment