Shere Parsa
राजनीति

जित सुनिश्चित भन्दै रामनारायण कुर्मीलाई मतदाताले लगाइ दिए विजयको टिका

मधेसखबर
वीरगन्ज, १९ कार्तिक : पर्सा क्षेत्र नम्बर १ को (ख) मा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मीको जित सुनिश्चित हुदै गएको भन्दै मतदाताहरुले नै विजयको टिका लगाइ दिन थालेका छन् ।

शनिबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा चुनावी घरदैलोका क्रममा पुगेका सत्ता गठबन्धनका समेत साझा उम्मेदवार रहेका कुर्मीलाई स्थानीय मतदाताहूरले उत्साहित हुदै आशीर्वा दिदै जित सुनिश्चित हुदै गएको भनेर टिका लगाइ दिएका हुन । मतदाताहरुले यसपालि आफुहरुको एकमुष्ठ भोट काँग्रेस नेतृत्वकै गठबन्त्रनलाई दिने सामुहकि घोषणा पनि गरे । युवा देखि बृद्धबृद्धा मात्र नभइ गृहिणी महिलाहरुले पनि यसपालिको आफनो रोजाइ कुर्मी नै भएको भन्दै समर्थनमा नारा पनि लगाएका थिए ।

 

मतदाताहरुको स्वागतबाट उत्साहित प्रदेशसभा सदस्य पदका उम्मेदवार कुर्मीले आफना क्षेत्रका जनताको जीवनस्तरमा सुधार नै मुख्य लक्ष्य रहेको बताए । किसान र मजदुरहरूको आर्थिक समुन्नति पनि प्रमुख प्राथमिकतामा रहेको कुर्मीले बताए । उनले मधेसको मसिहा बताउदै आएको जसपा अहिले सिटको लोभमा मधेस विरोधी एमालेसंग अपबित्र गठबन्धन गरेकाले अब जसपा पनि मधेस विरोधीकै कित्तामा उभिएकाले मधेसी जनताबाट बहिष्कृत हुने बताए ।

चुनावी घरदैलो कार्यक्रममा पुर्व सांसद एंव काँग्रेस अनिल रुंगटाका साथै नेता अनिल सिंह काँग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी, नेबिसंघ, तरुण दलका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

 

Related posts

लोकतन्त्र ,संविधान र संघीयता रक्षाका लागि काँग्रेसलाई मत दिन चौरसियाको अपिल

मेरो जितको आधार स्वस्फूर्त लागेका मतदाता हुन् : स्वतन्त्र उम्मेद्वार रुपेशमान

प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मी घरदैलोमा पुग्दा जनता उत्साहित

Leave a Comment