Shere Parsa
राजनीति

अजय चौरसियको पहलमा जसपाका प्रभावशाली नेताहरु काँग्रेसमा प्रवेश

मधेसखबर
वीरगन्ज,१२ कार्तिक : जनता समाजवादी पार्टी (जसपा) का दुइ प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का जसपा नेताहरु राधेश्याम तिवारी र गौरीशंकर तिवारी शनिबार काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसियाको पहलमा जसपाका दुवै नेता काँग्रेसमा प्रवेश गरेका हुन् । उनिहरुलाई चौरसियाले टिका अबीर लगाएर काँग्रेसमा स्वागत गरे ।

जसपाका शीर्ष नेताहरुले मधेस र मधेसीको नाम भजाएर सत्ता लिप्सामा लागेको र सत्तामा पुगेपछि मधेसका एजेण्डा नै बिर्सिने गरेकाले आफुहरुले जसपा परित्याग गरेको तिवारीद्धयले बताए । काँग्रेस सदैव मधेसको हितमा वकालत गर्ने पार्टी भएको र काँग्रेसले नै मधेसको हित गर्ने निष्कर्षमा पुगेर जसपा छोडी काँग्रेसलाइ रोजेको पनि उनिहरुले बताए ।

त्यस अवसरमा काँग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार श्याम पटेलका साथै काँग्रेस नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

Related posts

देशभरी नै सत्ता गठबन्धनको लहर छ , फेरि पनि सरकार गठबन्धनकै बन्छ : श्रेष्ठ र सोनल

विन्ध्यवासिनीमा स्वतन्त्र उम्मेद्वार सिंहको घरदैलो, मतदाताले गरे भव्य स्वागत

पर्सा ३ मा एमालेको जनलहर बढ्दै , काँग्रेस र लोसपाका ३ सय जना एमाले प्रवेश

Leave a Comment