Shere Parsa
राजनीति

तनँहु छाडेर बारामा चुनाव लडेका किसान श्रेष्ठसंग आयोगले सोध्यो स्पष्टीकरण

मधेसखबर
वीरगन्ज,०४ कार्तिक : तनहुँ छाडेर बारामा आइ चुनाव लडेका पूर्व मन्त्री कृष्णा कुमार श्रेष्ठ (किसान) लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

यसअघि २०७४ को निर्वाचनमा तनहुँ १ बाट सांसदमा निर्वाचित श्रेष्ठ , अहिले बाराको क्षेत्र नम्बर ४ मा नेकपा एकिकृत समाजवादीबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार छन् ।सत्ता गठबन्धनका समेत साझा उम्मेदवार रहेका श्रेष्ठले मतदातालाई प्रलोभनमा पार्ने गतिविधी गरेको प्रमाण भेटिएको भन्दै निर्वाचन आयोगले उनीसंग स्पष्टीकरण सोधेको हो ।

बाराको परवानीपुरमा केहि दिन मात्रै अघि श्रेष्ठले बैदेशिक रोजगारमा जाने युवालाई फ्रि भिसा र फ्रि टिकटमा मलेशीया पठाइ दिने भन्दै आश्वसान दिदै अन्तर्वाताका लागि बोलाएर भीड जम्मा गराएका थिए । निर्वाचन आयोगल श्रेष्ठलाई आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

वैदेशिक रोजगारीमा जाने युवाको प्रि–अन्तर्वार्ता भन्दै पूर्व श्रममन्त्री श्रेष्ठले निर्वाचन आचारसंहिता विपरित मतदाता प्रभावित पार्ने कार्य देखादेखी नै गरेका थिए । उनले परवानीपुर स्थित बीएस पार्टी प्यालेसमा गएको आइतबार अन्तर्वार्ता नै लिन लगाएका थिए । श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशन बमोजिम ललितपुर–७ ग्वार्कोस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले परवानीपुरमा मलेसिया जाने युवाहरुको अन्तर्वार्ता राखेको थियो ।
उक्त अन्तर्वार्ता दुई दिनसम्म चलेको थियो । यसको विभागीय मन्त्री भइसकेका श्रेष्ठले चुनावी प्रचारमा म्यानपावर कम्पनीको प्रयोग गर्दै इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीका प्रशासन प्रमुख विवेक शर्मासहितको उपस्थितिमा अन्तर्वार्ता राखेको थिए ।

यसैबिच श्रेष्ठले आयोगमा आफनो लिखित जवाफ सहितको स्पष्टीकरण बुझाइ सकेका छन् । आयोगमा आफै उपस्थित भएर श्रेष्ठले स्पष्टीकरण बुुझाएको र त्यस बारेमा आवश्यक छानबिन भइरहेको आयोगले जनाएको छ ।

Related posts

मधेस सरकारले गरेको भ्रष्टचार विरुद्ध मेरो उम्मेदवारी हो : ओमप्रकाश सर्राफ

वीरगन्ज २ मा जसपाका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

शेखर समुहका नेताको नाम बन्दसूचीमा समेटेपछि कांग्रेस भित्रको विवाद अन्त्य

Leave a Comment