Shere Parsa
राजनीति हेडलाइन

पूर्व वडाध्यक्ष अहिर एमालेमा दुई दिन पनि टिकेनन् , फेरि काँग्रेसमै फर्किए

मधेसखबर
वीरगन्ज,०२ कार्तिक : पर्सामा दुइ दिन पहिले मात्रै नेपाली काँग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका एक नेता फेरि काँग्रेसमै फर्किएका छन् ।

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने विन्दवासीनी गाँउपालिका वडा नम्बर ५ का पूर्ब वडाध्यक्ष सुकदेव राउत अहिर , गत सोमबार मात्रै काँग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका थिए । पर्सा ३ का एमाले उम्मेदवार राज कुमार गुप्ताले चुनावी कार्यक्रममै अहिरलाई टिका र गम्छा लगाएर एमालेमा स्वागत गरेका थिए ।

तर अहिर दुइ दिन पनि एमालेमा टिक्न सकेनन् । उनि बुधबार फेरि काँग्रेसमा फर्किएका हुन् । नेपाली काँग्रेसका विन्दवासीनी गाँउपालिकाका सभापति विवेक चौरसियाको पहलमा अहिर बुधबार फेरि काँग्रेसमा फर्किएका हुन् ।

बुधबार पुन काँग्रेसमा फर्किएका पूर्व वडाध्यक्ष अहिरले दुइ दिन पहिले आफु एमालेमा प्रवेश गरे पनि उक्त पार्टीमा बस्न आत्माले नस्वीकारेकाले पुन आफनो पुरानो घर काँग्रेसमै फर्किएको प्रतिक्रिया दिए । आफनो सारा जिवन काँग्रेसमै बिताएको र काँग्रेस भन्दा उत्तम पार्टी अरु कु्नै नभएको भन्दै अहिरले अबको बाँकी राजनीतिक जीवन पनि काँग्रेसलाई नै समर्पित गर्ने बताए ।

 

Related posts

दिपावलीमा पटका नपड्काउन पर्सा सिडिओ कार्यालयको चेतावनी

निर्वाचन आचारसंहिता लागु ,भोज भतेर गर्न नपाइने

पर्सा ३ मा एमालेको जनलहर बढ्दै , काँग्रेस र लोसपाका ३ सय जना एमाले प्रवेश

Leave a Comment