Shere Parsa
राजनीति हेडलाइन

स्वतन्त्र उम्मेदवारी दिएकी करिमा भन्छिन् : एमालेसंग गठबन्धन गरेर उपेन्द्रले मधेससंग गद्दारी गरे

मधेसखबर
वीरगन्ज ,२३ असाेज : पर्सा क्षेत्र नम्बर २ काे (ख) मा स्वतन्त्र उम्मेदवारी दएकी जसपाकि केन्द्रीय सदस्य करिमा बेगमले मधेस विराेधी दल नेकपा एमालेसंग चुनावी गबठबन्धन गरेर जसपा अध्यक्ष उपेन्द्र यादवले मधेससंग गद्दारी गरेकाे आराेप लगाएकी छन् ।

आइतबार प्रदेशसभा सदस्यमा मनाेनयन दर्ता गराएपछि सन्चारकर्मीहरुसंगकाे कुराकानीमा बेगमले जसपाले मधेस विराेधि दल एमालेसंग गठबन्धन गरेपछि आफुले जसपा छाडेर स्वतन्त्र उम्मेदवारी दिएकाे बताइन् ।

उनले भनिन् , जुन एमालेले सदैव मधेस र मधेसीको विरुद्धमा काम गर्याे त्यहि दलसंग जसपा अध्यक्ष उपेन्द्र यादवले तालमेल गरे , यसकाे मतलब अब उपेन्द्र जी पनि मधेसीकाे पक्षमा रहेनन् , चाेरसंग दाेस्ती गर्ने चाेर नै हुन्छ ।

मधेस आन्दाेलनकाे घाउकाे पीडा अहिले पनि आफुले बाेकेर बाँचि रहेकाे भएपनि पार्टी नेतृत्वले त्यसकाे मुल्यांकन नगरेकाे उनले बताईन् ।

बेगमले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रति पनि चर्काे आक्राेश पाेखीन् ।उनले मुख्यमन्त्री राउत मधेस प्रदेशकाे मुख्यमन्त्री नभइ आफनाे निर्वाचन क्षेत्र र आफनाे पुर्खयाैली गाँउकाे मात्र मुख्यमन्त्री बनेकाे आराेप लगाइन् ।

बेगमले भनिन्, मुख्यमन्त्रीले बजेट जति आफनाे क्षेत्रमा र आफनाे गाँउमा मात्रै खर्च गरेका छन् , अन्त कतै पनि विकास गरेका छैनन् ।

 

२०६४ काे पहिलाे संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी बेगम , २०७४ काे निर्वाचनमा समानुपातिक तर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएकि थिइन् ।

आगामि मंसिर ४ काे निर्वाचनमा जसपा जिल्ला कार्यसमितिले बेगमकाे नाम पर्सा क्षेत्र नम्बर २ काे प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फ सिफारिस पनि गरेकाे थियाे ।तर जसपा एमाले गठबन्धनबाट याे क्षेत्रमा जसपाका सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।

Related posts

मतगणनाकाे सुचना सहज र प्रभावकारी बनाउन निर्वाचन आयाेगकाे निर्देशन

उपकार सेवा नेपालको सामाजिक सेवा : ४६५ विधार्थीलाई स्वीटर वितरण

पर्सामा काँग्रेसका उम्मेदवारलाइ जिताउन सकृयताका साथ लाग्ने प्रेस युनियनको प्रतिबद्धता

Leave a Comment