Shere Parsa
राष्ट्रिय

राष्ट्रिय फाेटाे पत्रकारिता अवार्डबाट जियालाल साह पुरस्कृत

मधेसखबर
वीरगन्ज ,०६ असाेज : वीरगन्जका पत्रकार जियालाल साह , मधेस प्रदेशकै उत्कृष्ट फाेटाे पत्रकारबाट पुरस्कृत भएका छन् ।

राष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले अ‌ायाेजना गरेको राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ को प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्डमा मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा साहले खिचेकाे फाेटाे उत्कृट भएपछि साह पुरस्कृत भएका हुन् ।

काठमाडौंमा बिहिबार आयाेजित राष्ट्रिय फोटोपत्रकार समूह एनफएपिकाे २५ ओै वार्षिकोत्सब समाराेहमा अर्थमन्त्री जनार्दन शर्माले साहलाइ कदरपत्र प्रदान गर्दै पुरस्कृत गरेका हुन् । साह , ग्यालेक्सी टेलिभिजनमा कार्यरत छन् ।

राष्ट्रिय फोटोपत्रकारिता अवार्डका लागि वीरगन्जबाट साहसंगै तिवारी यादव , पंकज श्रेष्ठ, कविता खड्का लगायतकाे फाेटाे पनि मनोनयनमा परेकाे थियाे ।

समारेहमा वीरगन्जका फाेटाे पत्रकार राम सर्राफ सहित संस्थाका अग्रज संस्थापक सदस्य गरि २५ जना वरिष्ठ फोटोपत्रकारहरुलाई विशेष सम्मान पनि गिरएकाे राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) का कार्यक्रम संयोजक प्रदिपराज वन्तले जानकारी दिए ।

Related posts

वीरगन्ज हेल्थ केयर हस्पिटलका सन्चालक डाक्टर अन्सारी प्रबल जनसेवा श्री पदकबाट विभूषित हुदै

पहिरोले पुरिएर ५ जनाको मृत्यु , ७ जना अझै बेपत्ता

मिटरब्याजी पिडित आमाको वेदना : १४ लाखको ४४ लाख तिर्दा पनि छोरो जेलमा छ

Leave a Comment