Shere Parsa
मनोरञ्जन

मेकअप आर्टिस्ट अवार्डबाट बाराकी सजना खतिवडा पुरस्कृत

मधेसखबर
वीरगन्ज,२७ भदौं : नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ मा पपुलर मेकअप आर्टिस्ट अवार्डबाट बाराकी सजना खतिवडा पुरस्कृत भएकी छन् ।

पुरानालाई सम्मान, नयालाई प्रोत्साहन भन्ने नाराका साथ नेपाली फेसन एंव मनोरञ्जन क्षेत्रको अवार्ड सम्मान कार्यक्रम नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ मा बाराको निजगढकी खतिवडा पुरस्कृत भएकी हुन् । उनि मिस ब्युटिसियन २०२० की विजेता पनि हुन् ।

हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा काठमाण्डौको ¥याडिसन होटलमा सम्पन्न भएको कार्यक्रममा दर्जनौ सेलिव्रेटीसंगै सौन्दर्य विधाका ब्याक्तित्वहरुलाई अवार्ड तथा सम्मान दिइएको थियो ।

कार्यक्रममा विशेष बिधा अन्तर्गत पपुलर सिने स्टार अवार्डबाट अभिनेत्री स्वस्तिमा खड्का, मोसन पिक्चर्स एक्टिङ स्टार अवार्डबाट अभिनेता सरोज खनाल र मोसन पिक्चर्स क्विन अफ एक्टिङ अवार्डबाट अभिनेत्री गौरी मल्ल पुरस्कृत भएकी छनन् ।

त्यस्तै एभरग्रिन मेलोडी भोकल स्टार अवार्डबाट गायक आनन्द कार्की, क्विन अफ एभरग्रिन भ्वाईस अवार्डबाट गायिका अन्जु पन्त र आइकोनिक पप स्टार अवार्डबाट गायक धिरज राई पुरस्कृत भएका छन् ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक हिमानी सुब्बाले नेपाली चलचित्र, साङ्गीतिक क्षेत्रसंगै फेसन एंव मोडलिङ क्षेत्रको व्याक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्य पुरा भएको बताइन् । इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले यो कार्यक्रमालाई निरन्तर गरिरहने हौसला यस कार्यक्रमबाट पाएको बताए ।

 

Related posts

भुवन केसी विरुद्धको रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ हुँदै

पकहामैनपुरमा एमालेको गाउँपालिका स्तरीय भेलामा काँग्रेस छाडेर १५० जना प्रवेश

पर्सा १ मा अन्य दलका नेताहरु धमाधम जसपामा प्रवेश गर्दै

Leave a Comment