Shere Parsa
स्वास्थ्य

डाक्टर गुप्तालाई ज्यान मार्ने धम्की दिनेहरुलाई कारबाही गर्न चिकित्सक संघको माग

मधेसखबर

वीरगन्ज,१३ भदौं : नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगन्जले संघका अध्यक्ष डाक्टर मनोज गुप्तालाई अभद्र व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की दिनेहरुलाई कार्बाहीको माग गरेको छ।

सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई  ज्ञापन पत्र बुझाउदै संघले डाक्टर गुप्तालाई अभद्र व्यवहार गर्ने र ज्यान मार्ने धम्की दिनेहरुलाई कारबाहीको माग गरेको हो ।

स्थानीय प्रशासनले ती व्यक्तिहरुलाई पक्राउ गरी कारबाही नगरे वीरगन्जका सम्पुर्ण डाक्टरहरु आकस्मिक बाहेकका सबै उपचार सेवा ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी पनि संघले दिएको छ।

संघका सचिव डाक्टर नौशादका अनुसार, वीरगन्ज हेल्थ केयर हस्पिटलमा साउन २६ गते पर्साको छिपहरमाइ गाउँपालिका २ का ३२ बर्षिय फिरोज मियाको शल्यक्रिया र  उपचारका क्रममा अवस्था जटिल भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी हस्पिटलमा लैजादा त्यहि उपचारका क्रममा उनको मृत्यु भएको थियो।

त्यहि घटनालाई लिएर मृतकका आफन्त सहितका केही समुहले सोमबार वीरगन्जको नारायणी अस्पताल अगाडि प्रदर्शन गरे पछि वीर्ता स्थित संघका अध्यक्ष डाक्टर गुप्ताको क्लिनिकमा पुगेर डाक्टर गुप्ता बिरामीको उपचारमै रहेका बेला गालि गलौज सहितको नाराबाजी गर्दै अभद्र व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएको संघका सचिव डाक्टर नौशादले बताएका छन्।त्यस क्रममा उनिहरूले संघका अन्य चिकित्सकहरुको मानमर्दन पनि गरेको सचिव डाक्टर नौशादले विज्ञप्तिमा उल्लेख गरेका छन्।

त्यसैले उक्त अराजक र उच्छृंखल गतिविधिमा संलग्नहरुलाई यथाशीघ्र पक्राउ गरि कानुन बमोजिम कारबाहीको माग गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाइएको सचिव डाक्टर नौशादले बताए । यदि स्थानीय प्रशासनले उनिहरूलाइ पक्राउ गरी कारबाही नगरे सम्पुर्ण डाक्टरहरु आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिने र त्यसको सम्पुर्ण जिम्मेवार स्थानीय प्रशासन हुने संघका सचिव डाक्टर नौशादले बताए ।

यता मियाको उपचारमा वीरगन्ज हेल्थ केयरका डाक्टर आसिफ अन्सारीको लापरबाहीकै कारण उनको मृत्यु भएको भन्दै मृतकका आफन्त सहितका समुहले कारबाही र क्षतिपूर्तिको माग गर्दै  सोमबार वीरगन्जका विभिन्न स्थानमा नाराबाजी सहितको प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा नेपाली कांग्रेसका नेता नवीन सिंहले दोषीलाई कारबाही नगरिए तथा डाक्टरको पक्षमा उभिमे डाक्टरहरुलाई कालोमोसो दलेर बजार परिक्रमा गराउने धम्की दिएका थिए।

तर चिकित्सक संघले अघिल्लो हप्ता पत्रकार सम्मेलन नै गरेर वीरगन्ज हेल्थ केयर हस्पिटलमा मियाको पत्थरीको शल्यक्रिया गर्ने क्रममा संघका सदस्य समेत रहेका डाक्टर अन्सारीले सबै सावधानीका अपनाउदा अपनाउदै पनि अचानक अवस्था जटिल भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी हस्पिटलमा रिफर गरेको तर यहा उपचारका क्रममा डाक्टर र अपतालले कुनै लापरबाही नगरेको भन्दै प्रष्टीकरण दिएको थियो।

 

 

 

Related posts

वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा २९५ जनाले गरे रगतदान

डाक्टरलाइ ज्यान मार्ने धम्की दिनेहरुलाइ पक्राउ गरि कारबाही गर्न सिडिओको निर्देशन

पर्साको पिडारीमा निशुल्क आँखा परिक्षण शीवीरमा १५९ जनाको आँखा चेकजाँच

Leave a Comment