Shere Parsa
स्वास्थ्य हेडलाइन

नेपालमा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

फाइल तस्वीर

मधेसखबर
वीरगन्ज, ०१ भदौ : नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ८३ जनाको नमुना परीक्षण गर्दा ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

यही अवधिमा ३ सय २८ जना कोरोना संक्रमित निको पनि भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा ५ हजार ४ सय ६२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

 

यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ८९ हजार ७ सय ६७ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related posts

मधेसमा झिझियाँको रौनक

बारामा काँग्रेसको विवाद छताछुल्ल : चौधरी र मंसुर पक्षद्धारा छुट्टाछुट्टै नाम सिफारिस

पर्साको एक विधालयको बेथिती : श्रीमान् मलेशीयामा , श्रीमति फर्जि हस्ताक्षर गरेर तलब खादै

Leave a Comment