Shere Parsa
समाचार

पर्साको भतौडाबाट एक ट्याक्टर सालको काठ बरामद

फाइल फोटो

प्रमोद यादव

पर्सा,१९ साउन : पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ भतौडाबाट प्रहरीले एक ट्र्याक्टर काठ बरामद गरेको छ।

प्रहरी चौकी रंगपुरटाडीबाट प्रहरी सहायक निरीक्षक गोपाल राय यादवको नेतृत्वमा  खटिएको प्रहरी गस्ती टोलीले बिहीबार बेलुका ७ बजे भतौडा नजिकै राष्ट्रिय वन जंगलबाट काचो सालको गोलिया काठ कटान गरि भतौडा र देवरिया निचुटाको समिल र फर्निचर उधोगमा लैजादै गरेको एक ट्याक्टर काठ बरामद गरेको हो।

प्रदेश नम्बर  २-०३-००१त ६०४७ नम्बरको ट्रेक्टरमा लोड गरिएको १२ थान सालको ६० क्युफिट काठ सहित ट्रेक्टर पक्राउ गरि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको प्रहरी निरीक्षक किशोर आचार्यले बताए ।

Related posts

कोरोना भाईरस संक्रमितको संख्या एक हजार नाघ्यो

सोमबार थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

पटेर्वासुगौलीमा शिक्षक संघको आयोजनामा दशैंको शुभाकामना कार्यक्रम सम्पन्न

Leave a Comment